कलैयामा जसपा नेपालद्वारा सरकारविरूद्ध प्रदर्शन

प्रदर्शनकारीले चोकमा कोणसभा गरेर सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन जालझेल गरिरहेको आरोप लगाएका थिए ।

भाद्र ३, २०८२

लक्ष्मी साह

Demonstration against the government by Jaspa Nepal in Kalaiya

What you should know

बारा — जसपा नेपालले कलैयामा मंगलबार सरकारविरूद्ध प्रदर्शन गरेको छ । गाउँ र सहरबाट भेला भएका नेता कार्यकर्ताले सरकारविरूद्ध चर्को नाराबाजी गर्दै भरत चोकमा टायर बालेर प्रदर्शन गरेको हुन् ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीलाई काबुमा राख्न प्रहरीले खाजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भई स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । तर दुवै पक्षले संयमता अपनाएकोले झडपको अवस्था भने आएन ।

प्रदर्शनकारीले चोकमा कोणसभा गरेर सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन जालझेल गरिरहेको आरोप लगाए । २०६३ चैत ७ मा रौतहटको गौरमा भएको तत्कालीन फोरम र माओवादीबीचको झडपका क्रममा २७ जनाको ज्यान गएको थियो । त्यो बेला माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए ।

Demonstration against the government by Jaspa Nepal in Kalaiya

सोही काण्डबारे अनुसन्धान गर्न सर्वाेच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि अनुसन्धान गर्न परमादेश जारी गरेपछि जसपाले जिल्ला जिल्लामा प्रदर्शन गर्दै राजनीतिक घटनालाई सरकारले जालझेल गरी जसपाका नेता कार्यकर्तालाई षडयन्त्रपर्वक आपराधिक मुद्दा मामिलामा  फसाउन खोजेको उनीहरूले आरोप लगाएका छन् ।

त्यो बेलाका मधेशी जनाधिकार फोरमका कार्यकर्ताहरू जसको जाहेरीमा नाम उल्लेख गरिएको छ, उनीहरू एमाले, जनमतलगायतका पार्टीमा प्रवेश गरी सक्रिय छन् । राप्रपाका कार्यकर्ताको समेत जाहेरीमा नाम उल्लेख गरिएको छ । पूर्वाग्रही भएर जाहेरीमा नाम उल्लेख गरिएको बाराका जसपाका एक नेताले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully