सर्लाहीमा खोलाले बगाएर किशोर बेपत्ता 

आश्विन १२, २०८१

ओमप्रकाश ठाकुर

Kishore disappeared after being swept away by the river in Sarlahi

सर्लाही — सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्नेक्रममा सोही ठाउँका सोगारथ महतोका १५ वर्षका छोरा मुकेश महतोलाई बाढीले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता किशोरको स्थानीयको सहयोगमा प्रहरीले  खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

बाढी पहिरो

ओमप्रकाश

Link copied successfully