कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान 

असार १९, २०७८

सन्तोष सिंह

धनुषा — कमला नदीको बाढीले धनुषातर्फ बाँध कटान गरेपछि स्थानीय त्रसित भएका छन् ।  किरतपुर र ढोलबज्जमा कमलाको बाढीको कटानले बाँध जोखिममा परेको हो । ४ दिन यता सय मिटर भन्दा बढी उब्जाउ जग्गा कटान गरी बाँध नजिकै खोला आइपुगेको छ ।

नदीमा आएको बाढीले ३० बिगाह जमिन कटान गरिसकेको सबैला-१३ किरतपुरका रामनारायण यादवले बताए । 

नदीमा पानीको बहाब घटदा बाँध कटान हुने खतरा बढेको यादवले बताए । उनले भने,'नदीमा पानीको बहाब उच्च हुँदा कटान हुँदैन । बहाब जति घट्दै जान्छ कटान बढ्दै जान्छ । खेत कटान हुँदै विस्तारै नदीले बाँध पनि कटान गर्छ ।'

बाँध बचाउन र जोखिम नियन्त्रणका लागि प्रयास भइरहेको कमला नदी नियन्त्रण कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

बाढी-पहिरो

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully