सप्तरीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

जेष्ठ २, २०७८

राजविराज — सप्तरीमा पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कञ्चनरुप नगरपालिकाका दुई तथा राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी चार जनाको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिकाका दुई संक्रमितमध्ये एकजनाको नोबेल अस्पतालमा र अर्काको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्यकर्मी डम्बर गुप्ताले जनाए । 

सप्तरीमा पछिल्लो ४ जनाको मृत्यु समेत गरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।

कोरोना भाइरस

Link copied successfully