कोरोना संक्रमितको गरियो डायलसिस

श्रावण १९, २०७७

भूषण यादव

वीरगन्ज — कोरोना संक्रमित एक बिरामीको डायलसिस गरिएको छ । २४ वर्षीय ती संक्रमित युवतीको सोमबार वीरगन्जमा डायलसिस गरिएको हो ।

नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका बिरामी मध्ये ३ जनामा गत साउन १५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

डायलसिस विभागका कर्मचारीमा पनि संक्रमण देखिएको थियो । नारायणी अस्पताल मृगौला विभागका डा.निरज कुमार सिंहका अनुसार मृगौलाका बिरामीमा संक्रमण पुष्टि भएपछि अन्य बिरामीसँगै डायलसिस कसरी गर्ने भनेर अन्योलता थियो । ‘नारायणी अस्थायी कोरोना अस्पतालमा बनाइएको वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोरोना संक्रमित मृगौलाका बिरामीको डायलसिस गरिएको छ,’ डा.सिंहले भने, ‘समयमै डायलसिस नहुँदा बिरामीको स्वास्थ्य बिग्रिने खतरा थियो ।’

कोरोना भाइरस

भूषण

Link copied successfully