बाँकेमा थप ११ जनामा कोरोना

श्रावण १९, २०७७

मधु शाही

बाँके — बाँकेमा सोमबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालगन्जका २ जनासहित ९ जनालाई कोरोना पुष्टि भएको हो । जसमा ७ जना रुकुम पूर्वका छन् । भेरी अस्पताल, नेपालगन्जले दिउँसाे साढे २ बजे सार्वजनिक गरेको विवरणमा नेपालगन्जको ४, १०,१४, १७ र २० नम्बर वडामा कोरोना देखिएको छ । 

एक जना वडा अध्यक्षसहित ७ जना कर्मचारीलाई कोरोना संक्रमण भेटिएको जिल्ला प्रमुख प्रशासन अधिकारी रामबहादुर कुरुम्वाङले बताए । ५ दिनभित्र ६७ जना संक्रमित देखिएको हो । 

संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । स्थीति भयावह हुने सम्भाना देखिएकाले निषेधाज्ञा थप गर्नु पर्ने सिडियो कुरुम्वाङले जनाए । 

वडा अध्यक्षलाई कोरोना भेटिएपछि नेपालगन्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । 

कोरोना भाइरस

मधु

Link copied successfully