१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वडा अध्यक्षसहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्ज उपमहानगर सिल

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाका आठ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ ।

वडा अध्यक्षसहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्ज उपमहानगर सिल

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको हो । यसअघि एक वडा अध्यक्ष तथा कार्यकारी अधिकृतलाई समेत कोराना पुष्टि भइसकेको छ । भेरी अस्पतालको गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

संक्रमित हुनेमा एकवडा अध्यक्ष, दुई वडा सचिव, चार जना अधिकृत, कम्प्युटर अपरेटर रहेका छन् ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?