राजविराज — सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरु पछिलो समय भारतबाट आएका र उनीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए ।
संक्रमित १२ देखि ४५ वर्ष उमेर समूहका रहेको र एक जना महिलासमेत छन् । योसमेत जिल्लामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।
