किसानले लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत

चैत्र २८, २०७६

सन्तोष सिंह

जनकपुर — लकडाउनबाट प्रभावित किसानहरुले विभिन्न बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज प्रदेश २ सरकारले तिर्ने भएको छ।

प्रदेश २ मन्त्रिपरिषद्को बैठकले कृषि कर्मका लागि किसानहरुले लिएका ५ लाखसम्मको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ। त्यसैगरी ५ लाखदेखि १५लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि३० लाखसम्मको ऋणमा ४० प्रतिशत तथा ३० लाखभन्दा बढीको ऋणमा कृषिसहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्‌ले निर्णयगरेबमोजिम ब्याज तिरिदिने निर्णयभएको सरकारका प्रक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमारयादवले जानकारी दिए

यसका साथै डाउनका कारण प्रभावित बनेकादू, फलफू, तरकारी, कुखुरातथा माछा उत्पादक किसानहरुलाई समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेकोछ।

बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना भाइरस

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully