उनले कांग्रेसका किशोरसिंह राठौरलाई ९ हजार २७६ मतान्तरले पराजित गरे ।
काठमाडौँ — बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल निर्वाचित भएका छन् । उनले २९ हजार ६ सय ७८ मत प्राप्त गरे ।
उनका निकट प्रतिस्पर्धी कांग्रेसका किशोरसिंह राठौरले २० हजार ४ सय २ मत पाए । ९ हजार २७६ मतान्तरले पोखरेल विजयी भएका हुन् ।
बर्दियाका दुई क्षेत्रमै रास्वपा निर्वाचित भएको छ । क्षेत्र नम्बर १ मा ठाकुरसिंह थारु निर्वाचित भएका हुन् ।
