बर्दियासँग जोडिएको नेपाल-भारत सीमा ४ दिन सिल

जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा सिल हुने जनाएको छ ।

फाल्गुन १५, २०८२

कमल पन्थी

Nepal-India border connected to Bardiya sealed for 4 days

बर्दिया — जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा सिल हुने जनाएको छ । त्यस अवधिमा अन्तर्राष्ट्रिय सीमाबाट आउजाउ पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।

सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैगरी फागुन २० गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म सार्वजनिक, निजी, सरकारी साधनमा रोक लगाइने भएको छ । तर अत्यावश्यक सवारी साधन दमकल, एम्बुलेन्स, अस्पताल, स्वास्थ्य सेवा, दुरसञ्चार, विद्युत्, ट्यांकर, शव वाहन, कूटनीतिक नियोग र निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधन बाहेक निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइएको प्रजिअ हमालले जनाए ।

यसैगरी शुक्रबारदेखि मदिरा बेचन र सेवनमा प्रतिबन्ध लगाइएको छ । कोही कसैले यस विपरीत कार्य गरे कानुन बमोजिम कारवाही हुने प्रजिअ हमालले बताए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully