रास्वपाको क्षेत्रमा आएर किन भोट मागेको भन्दै आफ्ना उम्मेदवारलाई कुटपिट गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनाएको छ ।
परासी — पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५ माघमा जिल्लाको क्षेत्र नम्बर १, बर्दघाट नगरपालिका-१२ जमुनिया बजारमा चुनाव प्रचार गर्दै गरेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजनसहितको टोलीमाथि ४ जनाले हातपात तथा दुर्व्यवहार गरेका थिए ।
घटनापछि फरार रहेका बर्दघाट नगरपालिका-१३ धनेवा बस्ने २२ वर्षका दीपिन थापा, १९ वर्षका आयुष राना मगर र राम मिजारलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तका अनुसार एक जनालाई ५ माघमा नै पक्राउ गरिएको थियो । तीन जनालाई ६ माघमा पक्राउ गरेको हो ।
रास्वपाको क्षेत्रमा आएर किन भोट मागेको भन्दै कुटपिट गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनाएको छ ।
