मर्चवारका मतदाताको आशा भन्दा गुनासा धेरै

फागुन २१ गते निर्वाचन हुने जानकारी भए पनि रुपन्देहीको सिमावर्ती मर्चवार क्षेत्रका बासिन्दाले उम्मेदवारको पक्षमा खुलेर लाग्ने मनस्थिति बनाइसकेका छैनन्। यसपटकको निर्वाचन पनि उम्मेदवारकालागि ‘झुठा वाचा’ नवीकरण गर्ने अवसर भएको बताइरहेका छन्।

माघ १०, २०८२

दीपेन्द्र बडुवाल

Complaints from voters in March exceed expectations

What you should know

भैरहवा — प्रतिनिधिसभा निर्वाचनकालागि मनोनयन दर्ता गरेर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्ने तयारीमा छन्।

त्यसअघि पार्टीका आन्तरिक बैठक राखेर चुनाव प्रचारको रणनीति तय गर्न व्यस्त छन्। तर, रुपनन्देहीको ग्रामीण क्षेत्रका बासिन्दालाई चुनावले छोइसकेको छैन। उनीहरु कामकाजमन व्यस्त छन्।

फागुन २१ गते निर्वाचन हुने जानकारी भए पनि उम्मेदवारको पक्षमा खुलेर लाग्ने मनस्थिति बनाइसकेका छैनन्। रुपन्देहीको सिमावर्ती मर्चवार क्षेत्रका बासिन्दा यसपटकको निर्वाचन पनि उम्मेदवारकालागि ‘झुठा वाचा’ को नवीकरण गर्ने अवसर भएको बताउँछन्।

स्थानीयदेखि अहिलेसम्मका संसदीय चुनावमा उम्मेदवार बनेका व्यक्तिले मतदान हुने दिनसम्म आधारभूत आवश्यकतादेखि गाउँको आधुनिक विकास गर्ने वाचा गरे पनि पूरा नगरेको दुखेसो उनीहरुले पोखे। यसपटक पनि त्यस्तै वाचा दोहोरिने भएकाले चुनावप्रति खासै चासो नलागेको उनीहरुको भनाई छ ।   

Complaints from voters in March exceed expectations

‘मर्चवार पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ कोटहीमाई–५ का ७५ वर्षीय प्रेम हरिजनले भने, ‘बहुदल आएको ३० वर्षमा पटकपटक मर्चवारको विकास गर्छौं भनेर नेताले भोट खाए, तर अहिलेसम्म हाम्रो हालत खराब छ ।’

शुक्रबार मध्यान्ह उनी कोटहीमाई गाउँपालिकाको केन्द्र मझगावाँको पान पसलमा बसेका थिए । मर्चवारको मुख्य सडकसित पसल जोडिएको छ। राणा र पञ्चायकालदेखिको प्रमुख सडक अहिले पनि जीर्ण छ। एक दर्शकअघि पिच गरिएको एक लेन सडक भत्किएर धुजाँ–धुजाँ भइसकेको छ । बुङ–बुङ धुलो उड्छ । 
यो सडक मर्चवारको अवस्था बताउने ऐनाका रुपमा रहेको छ । सडक दायाँ–बायाँ प्रशस्त खेतीयोग्य जमिन छ। अहिले गहुँ हुर्किरहेको छ। स्थानीयले तोरी भित्र्याइरहेका छन्। ‘खेतीपाती गरेर वर्षमा ६ महिना गुजारा चलाउछौं,’ उनले भने, ‘नेताले खेती गर्ने मल र सिचाइँ व्यवस्था गर्छौ भनेको वर्षौ भयो, अहिलेसम्म पूरा गर्न सकेका छैनन् ।’

प्रत्येक निर्वाचनमा उम्मेदवारले मल, बीऊ र सिँचाइ समयमै उपलब्ध गराउने विषयलाई एजेण्डा बनाउँदै आएका छन्। अहिलेसम्म यहाँका स्थानीय बासिन्दा चोरेर ल्याएको भारतीय राससायनिक मलमा निर्भर छन् । 
मर्चवारको सम्मरीमाई–६ बेलहवाका ३२ वर्षीय अर्जुन यादव आफू जान्ने भएदेखि मर्चवारको मूल सडकको अवस्था ज्यूँ का त्यूँ रहेको बताउँछन्। उनका अनुसार अहिले सडकको अवस्था झन खराब भएको छ । एक दशकअघि पिच गरिएको थियो। पिच गरिएको केही समयमै भत्कियो । ‘सडक साँघुरो छ,’ उनले भने, ‘दिनदिनै दुर्घटना भइरहेका छन् ।’

Complaints from voters in March exceed expectations

प्रत्येक निर्वाचनमा प्रचारको एजेण्डा बनाउन पनि जनप्रतिनिधिले बाटो सुधार नगरेका हुन कि भनेर शंका लाग्न थालेको उनले बताए । ‘गाउँमा शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था छैन,’ उनले भने, ‘कोही बिरामी पर्‍यो भने उपचार गर्न बुटवल र भैरहवा लैजानुपर्छ ।’

मर्चवारीमाई–३ मधुवनियाका अवकाश प्राप्त शिक्षक मोतिलाल यादव नेताले हरेक चुनावमा मर्चवार पिछडिएको भन्दै भोट माग्ने गरेको बताउँछन् । ‘विकास किन नगरेको हो भनेर मतदाताले उम्मेदवारलाई सोध्दैनन्,’ उनले भने, ‘नेता पनि यहाँ विकास गर्नुपर्छ भनेर गम्भीर छैनन्।’

निर्वाचनका बेला सुरुमा प्रचार गरे पनि अन्तिममा ‘पैसा बाँडेर’ चुनाव जित्ने परम्परा रहेको उनले बताए। प्रभाव र प्रलोभनका कारण मतदाताले बुथमा गएपछि मात्रै अर्‍हाए अनुसार मतदान गर्दै आएको उनले बताए। ‘मर्चवारमा कल, कारखाना, उद्यम केही छैनन्,’ उनले भने, ‘अनि नेताले कहाँ रोजगारी दिउन्, यहाँका युवा जति मजदुरी गर्न विदेश गएका छन् ।’

उनका अनुसार मर्चवारको सबैभन्दा ठूलो समस्या सडक हो । जनसंख्याको चाप बढे पनि अहिलेसम्म सडक एक लेन मात्र छ। ‘गतिलो स्कुल र अस्पताल छैन,’ उनले भने, ‘कोही बिरामी पर्‍यो भने कि बुटवल–भैरहवा लैजानु पर्छ । नत्र भारतको कोल्हवी र गोरखपुर पुर्‍याउनु पर्छ ।’ यहाँबाट चुनाव जितेपछि जनप्रतिनिधि काठमाडौंमै बस्छन् । संघीय राजधानीसम्म यहाँका बासिन्दाको पहुँच नभएको उनले बताए । ‘नेताले वाचा पूरा गर्दैनन्,’ उनले भने, ‘हामी नेतासम्म पुग्न सक्दैनौं ।’ यसपटक उम्मेदवारप्रति आशा भन्दा पनि धेरै गुनासा रहेको उनले बताए। 

दीपेन्द्र

Link copied successfully