रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा

शुक्रबार बिहान सद्‍भाव र्‍याली आयोजना गरिएपछि यस्तो आदेश जारी गरिएको हो । कर्फ्युको समयमा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ भने निषेधाज्ञा अवधिमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

भाद्र २७, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा  —
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न ठाउँमा हुनसक्ने प्रदर्शन, जुलुस, झडप, हुलदंगालगायतलाई मध्यनजर गरेर शुक्रबार मध्याह्न अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा स्थानीय प्रशासन ऐनअनुसार जारी आदेशअनुसार प्रत्येक राति १० देखि बिहान ६ बजेसम्म जिल्लामा कर्फ्यु कायम हुनेछ ।

त्यस्तै हरेक दिन विहान ६ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ । यस अवधिमा कानुनको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

शुक्रबार बिहान सद्‍भाव र्‍याली आयोजना गरिएपछि यस्तो आदेश जारी गरिएको हो । कर्फ्युको समयमा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ भने निषेधाज्ञा अवधिमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

दीपेन्द्र

Link copied successfully