निर्वाचनलगत्तै सुकुम्बासी समस्या समाधान हुन्छ : पौडेल

कार्तिक १७, २०७९

अमृता अनमोल

बुटवल — एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनलगत्तै भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताएका छन् ।

अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको बताउँदै निर्वाचनपछि बन्ने एमाले सरकारले पूर्जा वितरण थाल्ने दाबी गरे ।

एमाले बुटवल–६ को शाखा कमिटी भेलामा बिहीबार सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका  पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई उच्च प्राथामिकताका राख्ने बताए । ‘लगत संकलनदेखि धेरै काम पहिल्यै भ्याएका थियौं । आयोगले धमाधम काम गरेको थियो । विरोधीहरुले रोकीपाउ भनेर उजुरी गरेका कारण अदाले रोकिदियो,’ उनले भने, ‘निर्वाचनपछि एमाले सरकार बनेलगत्तै काम थाल्छौं । एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने छ । ’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले भूमिहीनको पक्षमा पहिलो कानुन बनाएको समेत दाबी गरे । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका पौडेलले सुरक्षीत आवासका लागि आफू सधै संवेदनशील रहेको बताए । 

आमनिर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully