पहिरोले रोल्पा र सल्यान जाने सडक अवरुद्ध

भाद्र ८, २०७८

दुर्गालाल केसी

दाङ — अविरल वर्षाका कारण पहिरो जाँदा मंगलबार दाङबाट रोल्पा र सल्यान जाने सडक अवरुद्ध भएका छन् । घोराही–होलेरी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१३ काभ्रेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि यातायातका साधन सडकको दुवैतर्फ रोकिएका छन् । यात्रुहरु टाढाटाढासम्म पैदल यात्रा गर्न बाध्य भएका छन् ।

सडक खुलाउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

बाढी-पहिरो

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully