बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

जेष्ठ २४, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेका अस्पतालमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु प्यूठान, दाङ, रुकुम पश्चिम र सल्यानका रहेका छन् ।

प्यूठान स्वर्गद्वारीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई जेठ ६ गते कोहलपुरमा भर्ना गरिएको थियो ।

दाङ बंगलाचुली गाउँपालिका– ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई १९ गते भर्ना गरिएको थियो ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका– ७ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना गरेको दिनमै मृत्यु भयो । उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो । सल्यान शारदा नगरपालिका–१३ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २१ गते भर्ना गरिएको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

कोरोना भाइरस

रूपा

Link copied successfully