काठमाडौँ — कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणले सिद्धार्थ क्याम्पस बुङ्चीका प्राध्यापक दिलबहादुर श्रेष्ठको मृत्यु भएको छ । ४३ वर्षीय उनको रुपन्देहीको मडिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुँदाहुँदै शुक्रबार मृत्यु भएको हो । उनमा दुई साताअघि संक्रमण देखिएको थियो । सातायता देखि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनी नेपाली विषय प्राध्यापन गर्थे ।
त्यस्तै, बुद्धभूमि नगरपालिका–१० की ३२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८७ पुगेको छ । यहाँ शुक्रबार चार नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको ६ सय ८८ पुगेको छ ।
