कैलालीमा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु

जेष्ठ २१, २०७८

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले शुक्रबार दिउँसो  सार्वजनिक गरेको विवरणमा उल्लेख भएअनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कैलालीको घोडाघोडी–१ का ५७  वर्षीय पुरुष र  कैलालीकै गोदावरी– ९ का ५० वर्षीय पुरुष रहेका छन् ।  

यसैगरी, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५७ जनाको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully