कोरोना संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु

जेष्ठ २१, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।

बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको बिहीबार बेलुका ६ बजेदेखि  शुक्रबार  बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, ठाकुरबाबा–९, बर्दियाका ६८ वर्षीय पुरुषको हिजो बेलुका ६ बजे नेपालगन्ज मेडिकल कलेज र बागचौर–३, सल्यानका २७ वर्षीय पुरुषको राति १२ : १५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

त्यसैगरी, प्युठान नगरपालिका–४, प्युठानकी ४७ वर्षीया महिलाको शुक्रबार बिहान ४:०० बजे भेरी अस्पताल नेपालगन्जमा र लमही नगरपालिका–४, दाङका ५८ वर्षीय पुरुषको आज बिहान ५:३० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

यो सँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६०२ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन् भने, ३०६ जना बाहिरी जिल्लाका हुन् । 

कोरोना भाइरस

रूपा

Link copied successfully