कोरोना संक्रमणबाट बाँकेमा थप ५ जनाको मृत्यु

जेष्ठ २०, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका– ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरेका उनलाई ६ गते अस्पताल भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका– ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

दैलेख आठबिस नगरपालिका–४ का ३० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।

सल्यान कालीमाटी गाउँपालिका– १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरेका उनलाई १७ गते भर्ना गरिएको थियो ।

यो सँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।

कोरोना भाइरस

रूपा

Link copied successfully