पाल्पामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ १६, २०७८

माधव अर्याल

पाल्पा — पाल्पामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई जनाको लुम्बिनी मेडिकल कलेज र एक जनाको मिसन अस्पतालमा मृत्यु भएको हो ।

तानसेन नगरपालिका–५ का ६३ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारमा क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मृतक पुरुषमा जेठ १० गते कोरोना पुष्टि भएको हो । उनको शव परिवारले नै व्यवस्थापन गरेका छन् । 

तानसेन नगरपालिका–५ कै ५० वर्षीया महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ५ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको शव सेनाले व्यवस्थापन गरेको हो ।

त्यसैगरी तानसेन नगरपालिका–४ का ७१ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जेठ ७ गते उनको कोरोना पुष्टि भएको थियो । उनको शव पनि सेनाले व्यवस्थापन गरेको छ ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully