कञ्चनपुरमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

जेष्ठ १६, २०७८

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा आइतबार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका २ जना, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका एक/एक जना तथा कैलालीको गौरीगंगा नगरपालिकाका एक जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १६७ जनाको मृत्यु भइसकेको छ । यसैगरी, आइतबार कञ्चनपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको भने १८९ जना कोरोनामुक्त भएका छन् । 

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully