सेती अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ १६, २०७८

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा आइतबार दिउँसो ३ बजे सार्वजनिक गरिएको विवरणमा उल्लेख भए अनुसार मृतकहरुमा कञ्चनपुरको भीमदत्त–९ का ४९ वर्षीय पुरुष र कञ्चनपुरकै पुनर्वास—३  का ५५ वर्षीय पुरुष रहेका छन् । 

यसैगरि, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ४८ जनाको परीक्षणमा २ सय २५ जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully