रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन

जेष्ठ १०, २०७८

अमृता अनमोल

बुटवल — कोरोना संक्रमणका कारण रुपन्देहीका प्रतिष्ठित उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । २० दिनअघिदेखि सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत उनको सोमबार निधन भएको हो ।

कोरोना संक्रमणका कारण अवस्था गम्भीर देखिएपछि उनलाई काठमाडाैं लगिएको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले जानकारी दिए । 

रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका कसौधन नेपालकै पुराना साबुन उद्योगी हुन् । उनले पछिल्लो समय केमिकल र कागज उद्योगसमेत सञ्चालन गरेका थिए ।

कसौधनका एक श्रीमती २ छोरा छन्।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully