प्रदेश १ मा कोरोना संक्रमितको संख्या थपिने क्रम बढ्दै

जेष्ठ १०, २०७८

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा कोरोना संक्रमितको संख्या थपिने क्रम बढ्दै गएको छ । यस प्रदेशमा सोमबार मात्रै १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरमा ६७ महिला र ९२ पुरुष गरी १५९ सहित मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुंगामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश बाहिरका ३८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार २६८ पुगेको छ । तीमध्ये ३२ हजार ५४३ जना संक्रमण मुक्त भएका छन् । सोमबार १८२ जना संक्रमण मुक्त भएका छन् ।

यस प्रदेशमा सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ । प्रदेश १ मा सोमबार २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully