कोरोना संक्रमणबाट कपिलवस्तुमा थप २ को मृत्यु

जेष्ठ ६, २०७८

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना संक्रमणले बिहीबार थप दुई जनाको मृत्यु भएकोछ । वाणगंगा नगरपालिका-३ की ४६ वर्षीया र वडा नम्बर ७ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो । 

महिलाको बुटवलस्थित आम्दा अस्पताल र पुरुषको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । 

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेकोछ । यहाँ बिहीबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार २ सय ९३ रहेको छ ।

मनोज

Link copied successfully