तिलोत्तमा — रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांक अनुसार रुपन्देहीमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा यहाँ ४ सय ३२ जना संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५ जना छन् । त्यस्तै, सिद्धार्थनगर नगरपालिकामा ६५, तिलोत्तमा ७२, देवदहमा २३, सैनामैनामा १५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, शुद्धोधन गाउँपालिकामा १३, सियारीमा ८,कन्चनमा ७, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा ६/६ जना, ओमसतियक र रोहिणी गाउँपालिकामा ४/४ जना, कोटहीमाई गाउँपालिकामा २, गैडहवा र मर्चवारी गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाबाहेक अन्य सबै १५ वटै स्थानीय तहमा संक्रमित देखिएका छन् ।
