कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु ।कोरोना संक्रमण नियन्त्रण गर्न उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी भएपछी कोटेश्वरमा घर फर्कने सर्वसाधारणको भीड । तस्बिरः अंगद ढकाल

झापाको काँकडभिट्टा नाकामा भारतबाट फर्कदै । भारतमा कोरोना माहामारीको प्रकोप बढेसँगै त्यहाँ रहेका नेपालीहरु फर्कने क्रम बढेको छ । तस्बिर : विप्लव भट्टराई

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गरेको निषेधाज्ञाको पहिलो दिन ड्रोनबाट लिइएको एकान्तकुना चक्रपथमा क्षेत्र । तस्बिर : हेमन्त श्रेष्ठ

चैत्र २४ मा कंक्रिट स्पानको ४० मिटर स्ल्याब भत्कँदा नदीकोबीच भागमा बनेको ढिस्को । यो तत्काल नहटाए आउँदो वर्षायाममा नदीको बहाब रोकिने र बाढी गाउँ पस्ने खतरा रहेको स्थानीय बताउँछन् । तस्बिर : रमेशकुमार पौडेल–कान्तिपुर ।

ललितपुरको बालकुमारी मन्दिरबाट बिहे गरेर पैदल फकर्दै भिम कार्की र उनकी श्रीमती सपना कार्कीलगायत । कोरोना संक्रमणको बढ्दो जोखिमका कारण सरकारले गरेको निषेधाज्ञाले सवारी साधान चल्न रोक लगाएकाले उनीहरु पैदल नै हिँडेर घर गएका थिए । तस्बिर :हेमन्त श्रेष्ठ

सिन्धुलीको सुनकोशी गाउँपालिका–१, नेपालथोकको करङे डाँडामा आइतबारदेखि लागेको डढेलो कारण सोमबार दिउँसो बीपी राजमार्गमा रोकिएका गाडीहरु । तस्बिर : केशव थापा

नेपालगन्जको भेरी अञ्चल अस्पातलको कोभिड वार्डमा संक्रमितको उपचारमा खटिएका स्टाफ नर्स सुनिता सहाकारी र कमला नेपाली । उनिहरु आफैं पनि संक्रमित हुन् । अस्पातलमा जनशक्ति अभाव भएपछि संक्रमित नर्स पनि उपचारमा खटिनु परेको छ । तस्बिरः कान्तिपुर


प्रकाशित : वैशाख १८, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्