बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

वैशाख १६, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र कोहलपुर मेडिकलमा बिहीबार थप एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बााकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा कैलाली टीकापुरका ५१ वर्षीया महिला र कोहलपुर मेडिकल कलेजमा नेपालगन्जका ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कैलालीमै वैशाख १४ गते पीसीआर जाँच गरेकी महिलालाई उपचारका लागि बिहीबार भेरीमा ल्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उनको बिहान १० बजे मृत्यु भएको हो ।

वैशाख १३ गते पीसीआर जाँच गरेका नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का ३३ वर्षीय पुरुषलाई १५ गते भर्ना गरिएको थियो । उनको बिहान १०: ३० बजे मृत्यु भएको छ । 

बाँकेमा कोरोनाबाट मृत्यु हुने १०८ र बाहिरी जिल्लाका उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

कोरोना भाइरस

रूपा

Link copied successfully