लुम्बिनीका कोरोना विशेष अस्पताललाई प्रदेश सरकारको १ करोड ७५ लाख विनियोजन

कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय

वैशाख १३, २०७८

सन्जु पौडेल

तिलोत्तमा — कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपचारलाई थप प्रभावकारी बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न निर्णय गरेको छ । 

सरकारले सोमबार लुम्बिनीका कोरोना विशेष अस्पतालहरुलाई तत्काल १ करोड ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५०/ ५० लाख र भिम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully