बर्दियाका ३८ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

चैत्र २७, २०७७

कान्तिपुर संवाददाता

बर्दिया — बर्दियामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार मधुवन नगरपालिका—८ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

चैत २३ गते उनी कोरोना संक्रमित भई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले उपचारको क्रममा बिहीबार राति ८ बजे उनको मृत्यु भएको हो । जिल्लामा १५ जना कोरोना संक्रमित पालिका र होम क्वारेन्टाइनमा बसेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully