बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

मंसिर ७, २०७७

रुपा गहतराज

बाँके — उपचारका लागि कोहलपुर आएका बर्दियाका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका गुलरीया नगरपालिका ३ बर्दियाका ७७ वर्षीय वृद्धको उपचारकै क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

मंसिर ५ गते बिहान १० बजे अस्पतालमा भर्ना भएका ती वृद्धलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि अस्पतालमै रहेको कोरोना विशेष वार्डमा राखेर रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाइएको भएपनि ज्यान जोगाउन नसकिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमतिको संख्या ४७ पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully