काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ९५७ कोरोना संक्रमित

मंसिर ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार संक्रमित पुष्टि हुनेमा ४१५ महिला र ५४२ पुरुष रहेका छन् ।

काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर आइतबार १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आइतबार संक्रमित भने १ हजार ६६९ जना थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully