बुटवलको कोरोना अस्पतालमा गुल्मीका संक्रमितको मृत्यु

कार्तिक २७, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–१ का ६८ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । १६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएका उनी २० गते अस्पतालमा भर्ना भएका थिए । डा गौतमका अनुसार उनी मधुमेहका बिरामी थिए ।

यसअघि बिहीबार बिहान अस्पतालमा देवदहका संक्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully