बुटवल कोरोना अस्पतालमा एक जना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ८ का ५५ वर्षीय पुरुष रहेका छन् । गत कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका उनको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको पनि गौतमले जानकारी दिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully