३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोमानियामा ५ सय नेपाली संक्रमित

कान्तिपुर संवाददाता

पेरिस — युरोपेली मुलुक रोमानियामा करिब ५ सय जना नेपाली कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् । 

रोमानियामा ५ सय नेपाली संक्रमित

रोमानियाका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि उनीहरू आफ्नै घरमा बस्न बाध्य भएका हुन् ।

रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएका छन् । रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले तोताल अटो सर्भिस कम्पनीमा कार्यरत ४२ नेपालीमध्ये सबैमा भाइरसको संक्रमण पुष्टि भएको बताए ।

तीबाहेक सुसी रेस्टुरेन्ट, भवन निर्माणलगायत क्षेत्रमा काम गर्ने नेपालीमा कोभिड–१९ देखिएको पोखरेलले जनाए ।

प्रकाशित : कार्तिक १४, २०७७ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?