बर्दियाका ३९ वर्षीय कोरोना संक्रमितको मृत्यु

आश्विन ७, २०७७

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बारबर्दिया नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती व्यक्तिको बुधबार बिहान साढे दस बजे मृत्यु भएको हो  ।

निमोनियाका बिरामी उनी स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा भदौ ३० गते पोजिटिभ रिपोर्ट आएको थियो ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully