प्रदेश ५ मा थप १ सय ४५ जनामा कोरोना पुष्टि

भाद्र २४, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा बुधबार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८० संक्रमित निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । प्रदेशमा हालसम्म ५ हजार ५ सय ८० जना कोरोनामुक्त भएका छन् ।

बुधबार थपिने संक्रमितमा बाँकेका ५२ र रुपन्देहीका ४१ जना छन् । यस्तै पश्चिम नवलपरासी ३२, कपिलवस्तु ११ , बर्दिया ६ पाल्पा २ र दाङका एकजना छन् ।  

हाल प्रदेशभर एक हजार ७ सय १ जना कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा करिब १५ प्रतिशत लक्षण सहितका विरामी भएको डा. पौडेलले बताए । 

संक्रमितमध्ये १ सय २३ जना कोरोना विशेष अस्पतालमा,जटिल खालका २१ जना आईसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । लक्षण विहीन अन्य संक्रमित भने आइसोलेसन केन्द्रमा रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४३जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully