मोरङ — विराटनगर महानगरपालिकामा बुधबार ७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै महानगरमा संक्रमितको संख्या १ हजार ३ सय ९८ पुगेको छ ।
तीमध्ये ५ सय ६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
यसैबीच प्रदेश १ मा बुधबार १ सय ५५ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश २ का १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ । जसमा १ हजार ९ सय ४८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
