२४ घन्टामा ९ सय १८ जना डिस्चार्ज, ६ जनाको मृत्यु 

भाद्र २४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय १८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट ९ सय १८ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । यो कूल संक्रमितको ६८ दशमलव ८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । कोरोनाबाट नेपालमा बुधबारसम्म मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । 

२४ घन्टामा मृत्यु हुनेमा काठमाडौं ८३ वर्षीया महिला, ६७ वर्षीय पुरुष, गण्डकी प्रदेशको कास्कीमा ७३ वर्षीया महिला छन् । त्यस्तै प्रदेश ५ को अर्घाखाँचीमा ४२ वर्षीया पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।  

२४ घन्टाको अवधिमा १ हजार ८१ जना संक्रमित फेला परेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully