काठमाडौँ — नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए ।
देशभर आइसोलेसनम १५ हजार २५ र क्वारेन्टाइनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।
