उपत्यकामा एकैदिन ४ सय ६४ जनामा कोरोना संक्रमण 

भाद्र २४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन ४ सय ६४ जनामा कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं  ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा ९ सय १८ जना डिस्चार्ज र थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully