बर्दिया — बर्दियामा मंगलबार थप १९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये १५ जना बासगढी नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बासगढी-२ का एउटै घरका चार जना कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । ती घरका एकजनामा कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर गर्दा चारजना देखिएका हुन् ।
यसैगरी बढैयाताल गाउँपालिका-५ मा २, बारबर्दिया नपा-१ मा १ र दुई जना नवलपरासी र मोरङ जिल्लाका रहेका छन् । योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हाल जिल्लामा ४९ पुरुष र ५९ महिला आइसोलेसनमा उपचार्थ रहेका छन् । यसैगरी क्वारेन्टाइनमा १ सय २९ पुरुष र ४५ जना महिला रहेका छन् । जिल्लामा ३ सय २५ जना कोरोना निको भएर घर फर्केका छन् । जिल्लामा हालसम्म १० हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमित मध्ये १ जनाको ज्यान गएको छ ।
