तिलोत्तमा — पछिल्लो २४ घण्टामा रुपन्देहीमा २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोमबार १० महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित थपिनेमा बुटवल उपमहानगरमा १६ जना छन् भने सिद्धार्थनगर नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, ओमसतियामा २ जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा सोमबार सम्ममा १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ भने १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा ४ सय ३३ जनाले कोरोना भाइरस जीतेर घर फर्केका छन् ।
