नेपालगन्ज — बाँकेमा सोमबार ४० जना कोरोना संक्रमित थपिएका छन् । कोहलपुरका १७, नेपालगन्जका ८, खजुराका ६ र अस्पतालहरुका ७ जना गरेर बाँकेका ३८ जना गरी ४० जना संक्रमित थपिएका हुन् । अरु दुई जना दाङ र महोत्तरी ठेगाना भएका हुन् । जसमा २४ जना पुरुष अनि १६ जना महिला रहेका छन् ।
भेरी अस्पतालमा ६६९ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जना थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसँगै बाँकेमा जना कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । बाँकेमा सात सय ३० जना निको भएर डिस्चार्ज भइसकेका छन् । आइतबारसम्म २ सय ६६ जना आइसोलेसनमा उपचाररत छन् । बाँकेमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।
