कपिलवस्तु — कपिलवस्तुमा थप ८ दिनका लागि लकडाउन अवधि बढाइएको छ । कोरोना भाइरस संकट व्यवस्थापन समितिको बैठकले भदौ ८ गते बिहान ५ बजेदेखि १५ गते राति १२ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।
भाइरस संक्रमणको अवस्था विश्लेषण गरि उच्च जोखिम कायम रहेकाले थप गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । ‘अहिलेलाई ८ दिन लकडाउन थपेका छौं,’ प्रजिअ पौडेलले भने, ‘पछि अवस्था हेरेर थपघट गर्छौं ।’लकडाउनले संक्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनमा सहयोग पुगेको उनले बताए ।
लकडाउनमा जिल्लाभरिकै पसल, बजार र व्यवसाय बन्द हुनेछ । तर तरकारी र खाद्यान्न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द गरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा पुरै रोक लगाइएको छ ।
बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अपनाएर बिहान ८ देखि १० बजेसम्म सीमित कर्मचारी राखेर सेवा दिने निर्णय गरेको छ ।
