मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना

भाद्र ७, २०७७

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार २३ वर्षीय ती चालकलाई कोभिड-१९ पोजिटिभ देखिएको मुख्यन्त्रीका स्वकीय सचिव शिव ओलीले बताए ।

ती चालकलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ ।

सवारी चालकलाई कोरोना पुष्टिको खबरसँगै मुख्यमन्त्री भट्ट र उनको परिवार सेल्फ क्वारेन्टाइनमा रहेको ओलीले बताए । सोमबार बिहान मुख्यमन्त्री, परिवार, सचिवलाय सदस्य र मन्त्रालयका सबैको सोमबार स्वाब संकलन गर्ने तयारी गरिएको छ । 

मुख्यमन्त्रीसहित परिवारका सदस्य केहि दिनअघि गृह जिल्ला डोटी पुगेर फर्केका थिए । 

यसैबीच आइतबार सेती प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

कोरोना भाइरस

मोहन

Link copied successfully