मोरङ — प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा आइतबार १८ महिला र २४ पुरुष गरी ४२ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।
हालसम्म महानगरमा १ सय ६७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश २ का १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ । जसमध्ये १ हजार २ सय ६७ जना निको भएर घर फर्किसकेका छन् भने १६ जना संक्रमितको मृत्यु भइसकेको छ । यस प्रदेशमा हालसम्ममा ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
