नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ७४ करोड

असार १०, २०७७

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८का लागि  १ अर्ब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० रुपैयाँको बजेट ल्याएको छ ।

जसमा चालुतर्फ २४ करोड ३ लाख ७ हजार रहेको छ भने पुँजीगततर्फ १ अर्ब २० करोड ८३ लाख ४७ हजार ७ सय ६० र वित्तिय व्यवस्थातर्फ ३ करोड १० लाख रहेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले  कृषि र स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको हो । ७ औं नगरसभामा नगर प्रमुख धवलशम्शेर राणाले कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, संघ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ प्राप्त भएकाले सिमित बजेटको आधारमा सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको बताए ।

कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।

बजेट २०७७

रूपा

Link copied successfully